बसमा आगलागी हुँदा ३ जनाको मृत्यु

Nagarik Sewa 4150+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो ।

यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए । घटनापछि बसचालक र सहचालकबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार