देशमा फेरि नयाँ आन्दोलनको सूत्रपात आवश्यक रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई

Nagarik Sewa 4153+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताउनुभयो । उहाँले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भुमिका खेल्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

उहाँले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताउनुभयो । उहाँले अहिलेको सरकारको उद्देश्य सुशासनको नभइ भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै