मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

शेरबहादुर देउवा समूहद्वारा सर्वोच्चमा रिट दर्ता

Nagarik Sewa 4136+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गर्नुभएको छ। सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको हो। रिटको पेसी आजै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएको छ। निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति  खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएका छन् ।

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति गगन थापा चुनिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार