माओवादीले दियो विपद् व्यवस्थापनमा जुट्न ४ बुँदे निर्देशन

Nagarik Sewa 4387+ समाचार ( )
१९ आश्विन २०८२, बिहीबार

काठमाडौं। माओवादी केन्द्रले वर्षातको समयमा बाढी, पहिरो जस्ता विपदबाट पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर राख्दै व्यवस्थापनमा जुट्न मातहतका सबै समिति, जबस र मोर्चालाई ४ बुँदे निर्देशन दिएको छ ।

पार्टीको विपद् व्यवस्थापन विभागले तय गरेको कार्य तत्काल कार्यान्वयन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको परिपत्र महासचिव देव गुरुङले मातहतका समितिलाई पठाएका हुन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विपद् व्यवस्थापन विभागले वर्षातको समयमा बाढी, पहिरो वा विपदबाट पर्न सक्ने अवस्थालाई ध्यानमा राखी तत्काल सबै पार्टी समितिहरूले निम्न कार्य गर्ने भनी गरिएको सिफारिसहरूलाई पार्टी अध्यक्ष क.प्रचण्डबाट अविलम्ब कार्यान्वयनको लागि परिपत्र जारी गर्ने भनी निर्देशन भएअनुसार यो परिपत्र जारी गरिएको छ’, बुधबार जारी गरेको परिपत्रमा उल्लेख छ । 

परिपत्रमा विपद् व्यवस्थापन विभागलाई पार्टीको प्रदेश जिल्ला र पालिकास्तरसम्म अविलम्ब निर्माण गर्ने, केन्द्र प्रदेश र जिल्लास्तरमा पार्टीको नेतृत्वमा स्वयंसेवक परिचालन संयन्त्र निर्माण गर्ने, विपद् परिचालन संयन्त्रको नेतृत्वमा सबै जिल्लाहरूमा पार्टी समिति, वाईसियल लगायत सबै जबस मोर्चाहरूबाट सहभागी हुने गरी स्वयंसेवक टोली निर्माण गर्ने र विपद् विभाग र सम्बन्धित कार्यालयले विपद् स्वयंसेवकको तालिम, लजिस्टिक र अन्य आवश्यक सामग्रीहरूको आपूर्ति मिलाउने लेखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै