मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

अमेरिकाले गर्‍यो अहिलेसम्मकै धेरै नेपालीलाई देश निकाला: धरपकड गरेर ल्याइँदै

Nagarik Sewa 2364+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौं ।  अमेरिकाले एकैपटकमा अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट गरेको छ। त्यसरी डिपोर्ट गरिएकाहरुलाई आइतबार अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाड्दैछ। त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले डिपोर्ट गरिएका नेपाली लिएर दिउँसो अमेरिकी चार्टर्ड विमान काठमाडौं आउँदैछ।

दिउँसो ४:४५ बजे डिपोर्ट गरिएका नेपालीहरू बोकेको विमान त्रिभुवन विमानस्थल अवतरण गर्ने जानकारी प्राप्त भएको उनले बताए। विमानमा डिपोर्ट गरिएका कति नेपाली छन् भन्ने यकिन जानकारी भने प्राप्त नभएको उनले बताए। 'ठूलो संख्यामा छ भनिएको छ। तर यकिन कति छन् भन्ने जानकारी छैन,' उनले भने।प्रवक्ता न्यौपानेले यसअघि पाँच/सात जनालाई डिपोर्ट गरिए पनि योपटकको संख्या ठूलो रहेको बताएका छन्।

'एकैचोटीमा डिपोर्ट गरेको ठूलो संख्यामा नेपाली आउँदैछन् भन्नेसम्मका जानकारी छ,' उनले भने। डिपोर्ट गरिएकोबारे  दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको न्यौपानेले बताए। त्यसरी डिपोर्ट गरिएकाहरुलाई अध्यागमनले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।

ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरु पनि हुनसक्नेबारे सोधपुछ र परामर्श गर्छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले ४८ जना नेपालीहरू डिपोर्ट भएर फर्किन लागेको जानकारी प्राप्त भएको बताए। '४८ जना आउँदैछन् भनिएको छ। ठूलो संख्या भएकाले उहाँहरूलाई कार्यालयमै बोलाएर परामर्श दिने कि हामी नै त्यहाँ जाने भन्ने विषयमा निर्णय हुन बाँकी छ,' उनले भने।

एसपी कुँवरले त्यसरी फर्केकाहरूलाई ब्युरोले सामान्य सोधपुछ गर्ने बताए। 'दलालबाट ठगिनुभएको हुनसक्छ। त्यसको बारेमा सोधपुछ हुन्छ र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श गर्छौं,' उनले भने। ठगिएर अमेरिका पुगेका हुन् भने त्यस्ता व्यक्तिहरूले दलालहरूविरूद्ध पीडितले उजुरी दिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार