मलाई रोक्न खोजेपनि निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहान्छुः पूर्वराष्ट्रपति भण्डारी

Nagarik Sewa 4387+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले आफूलाई रोक्न खोजेपनि आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताउनुभएको छ।

बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उहाँले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताउनुभयो।

उहाँले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने पनि बताउनुभयो। ‘म नेकपा एमालेको सदस्य हो । मैले सिद्धान्तधारण गरेको छु । मैले त्यही अनुसार काम गर्ने हो । मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ । पार्टीमा विकृति, विसंगति फैलाएको छ भने त्यसको विरोधमा म लडिरहनेछु,’ भण्डारीले भन्नुभयो।

तर, पार्टी केन्द्रीय कार्यालय च्यसालको नाम लिँदै उहाँले आफ्नो सदस्यतामाथि नै प्रश्न उठेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार