नेपालले जलवायु परिवर्तन सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दैै

Nagarik Sewa 4387+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

काठमाडौं। सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिनुभएको छ। सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे संसद्‌मा जानकारी गाराउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभयो। त्यसबारे पनि सम्मेलनमा छलफल भएको उहाँले बताउनुभयो।

अन्तर व्यवस्थापिक संघ (आईपीयू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताउनुभयो ।‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ । त्यसको बारेमा पनि कुराकानी भयो,’ सभामुख घिमिरेले भन्नुभयो, ‘आइपीयूका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम आइपियुकै अयोजनामा काठमाडौंमा सञ्चालन गर्न गइरहेका छौँ ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार