मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

गायक सोनु निगम नेपालमा

Nagarik Sewa 4834+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं। बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । आयोजकले विमानस्थलमा सोनुलाई खादामालासहित ढाका टोपी लगाएर स्वागत गरेका छन् । 

क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा साँझ हुने ‘सोनु निगम लाइभ इन नेपाल’ मा सोनु गुञ्जिने छन् । निगमले आफू कन्सर्ट गर्न निकै उत्साहित रहेको बताए । 

बेलुका ६ बजेदेखि हुने कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उपस्थित हुने आयोजकको अपेक्षा छ । नेपाल टचको आयोजनामा हुन लागेको कन्सर्टमा निगमसहितको २५ सदस्यीय ब्यान्डले ३ घण्टा प्रस्तुति दिनेछ । साथै कमेडियन सन्दिप क्षेत्री पनि स्वागतको लागि विमानस्थल पुगेका थिए ।

निगमले ५ वटा नेपाली गीत समेत गाउने छन् । निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् । कन्सर्टका लागि न्यूनतम २ हजारदेखि अधिकतम ५० हजारसम्मका टिकट बिक्रीमा राखिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार