मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारको बराबरी

Nagarik Sewa 4136+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

काठमाडौं ।  फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरको गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा हारबाट जोगिएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समुह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगिएको हो। बराबरीसँगै नेपाल र मयानमारले एक/एक अंक बाँडेका छन्। 

खेलमा लगातार दुई पटक पछि परेको नेपालले उत्कृष्ट पुनरागन गर्दै हारबाट जोगिएको हो। खेलको छैटौँ मिनेटमा नै नेपाल १–० ले पछि परेको थियो। म्यानमारकी म्यान नाई खिनको फ्रिकीक प्रहार नेपालकी गोलरक्षक अञ्जना राना मगरले जोगाउन नसक्दा नेपाल सुरुवातमा नै पछि परेको हो।  तर खेलको ११ औँ मिनेटमा सविता राना मगरको गोलमा नेपाल खेलमा फर्किएको हो। सावित्रा भण्डारीले डिबक्स भित्रबाट दिएको क्रसमा सविताले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। 

खेलको १५ औँ मिनेटमा गीता रानाको फ्रिकीक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। १६ औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध पुनः अग्रता बनायो। स्वी यी थुनको लामो प्रहारलाई मे हेथे वाइको नियन्त्रणमा लिएपनि नेपालकी डिफेन्डर गिता रानाले राम्रो सँग क्लीयर गर्न नसकेको बललाई उनले पोष्टको गति दिएकी थिइन्। 

खेलको २७ औँ मिनेटमा साम्बाको फ्रिकिक सिधै म्यानमारकी गोलरक्षकको हातमा पुग्यो। ३२ औँ मिनेटमा म्याथ नोइको फ्रिकीक नेपालकी गोलरक्षक अञ्जनाको हातमा पुग्यो।  तर खेलको ४० औँ मिनेटमा साम्बाको गोलमा नेपाल फेरि खेलमा फर्किएको हो। प्रीति राईको पासमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन्। 

खेलको ६३ औँ मिनेटमा विन थेंगी टनको फ्रिकीक गोलरक्षक अञ्जनाको हातमा पुग्यो। खेलको ७३ औँ मिनेटमा प्रीति राईको फ्रिकीकमा रश्मी कुमारी घिसिङको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो। लगत्तै रेनुका नगरकोटेको प्रहार किपर कै हातमा पुग्दा नेपालले अग्रताको मौका गुमायो।  यसअघि नै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारले अब उपाधिका लागि बुधबार भिड्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार