काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिबद्धता जनाउनुभएको छ। मङ्गलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले समानुपातिक सूचीमा विभिन्न कारणले त्रुटि भएको भन्दै त्यसलाई सच्याउन रास्वपा तयार रहेको बताउनुभएको हो।
‘विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन् । कतिपय समय अभावले पनि भएको छ । कतिपय प्राविधिक कुराहरू छन्, कतिपय केही समस्याहरू छन्,’ एउटा कुरा के हुन्छ भने नियतमा समस्या हुँदैन, निर्णयहरू कहिलेकाहीँ तलमाथि भएपनि सच्याउन सकिन्छ । साथीहरूले बुझिदिनुहोला, हामीले बोक्नुपर्ने कोही पनि छैनन् । सच्याउनुपर्ने कुरा सच्याइन्छ ।’