मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

सुनको मूल्य बढ्यो

Nagarik Sewa 4873+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।  बिहीबार एकैदिन ४ हजारले घटेको सुनको भाउ शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसअघि बिहीबार सुनको भाउ १ लाख ६४ हजार ५ सय रुपैयाँ थियो । बुधबार भने सुनको भाउ १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । नेपाली बजारमा सुनको भाउ कात्तिक १५ गते अहिलेसम्म महँगो १ लाख ७१ हजार रुपैयाँ थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा पुगेको छ । ट्रम्पको जितसँगै अमेरिकी डलर बलियो भएका कारण सुनको मूल्य घटेको हो ।

शुक्रबार चाँदीको भाउ पनि बिहीबारको तुलनामा २० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै