काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९९० रुपैयाँ कायम भएको हो ।