भारतका तीन ब्याटरले जिताए दक्षिण अफ्रिका विरूद्धको सिरिज

Nagarik Sewa 4376+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

काठमाडौं । भारतका तीन ब्याटरले दक्षिण अफ्रिका विरूद्धको सिरिज जिताएका छन्। गएराति भएको सिरिजको अन्तिम खेलमा तीन ब्याटरहरू यशश्वी जैसवाल, रोहित शर्मा र विराट कोहली चम्किँदा भारतले दक्षिण अफ्रिकाविरूद्धको सिरिज २-१ ले जितेको हो।

विशाखापटनममा भएको खेलमा भारतले २७१ रनको लक्ष्य एक विकेट मात्रै गुमाएर ६१ बल बाँकी छँदै जितेको थियो। त्यस क्रममा शकत प्रहार गर्दै ओपनर यशश्वी जैसवाल र ६५ रन बनाएर विराट कोहली नट आउट रहे।

जैसवालले १२१ बल खेलेर १२ चौका र २ छक्का हाने। कोहलीले ४५ बलमा ६ चौका र ३ छक्का हाने अर्का ओपनर रोहित शर्मा ७५ रन बनाएर आउट भएका थिए। उनले ७३ बल खेलेर ७ चौका र ३ छक्का हाने। शर्मा केशव महाराजको बलिङमा म्याथ्यु ब्रित्ज्केबाट क्याच आउट भएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४७.५ ओभरमा अल आउट हुँदै २७० रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डिककले शतक प्रहार गरे। उनले ८९ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै १०६ रन बनाएका थिए। कप्तान टेम्बा बउमाले ६७ बलमा ५ चौका प्रहार गर्दै ४८ रन बनाएका थिए। डेवल्ड ब्रेविसले २९, म्याथ्यु ब्रित्ज्केले २४ र मार्को जनसेनले १७ जोड्द केशव महाराज २० रन बनाउँदै नट आउट रहे।

बलिङतर्फ भारतका प्रसिध कृष्ण र कुलदीप यादवले ४/४ तथा अर्शदीप सिंह र रविन्द्र जडेजाले १/१ विकेट लिए। सिरिजको पहिलो खेल भारत र दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार