काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । यससँगै आइतबार तोलामा २२ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २३ सय १५ रुपैयाँ पुगेको छ ।