संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nagarik Sewa 4397+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौं। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। केही साताअघि जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी मिश्राविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेस गरेको हो । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार