पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थप

Nagarik Sewa 3675+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थप गरिएको छ । वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्युको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 हमुमान जयन्तीको शोभायात्राका क्रममा शनिबार दिउँसो दुई समूहबिच झडप भएपछि वीरगञ्जमा लगाइएको कर्फ्यु अर्को आदेश नभएसम्म आइतबार राति १२ बजेसम्मका लागि थप गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगन्ज– १५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज– २५ को सिर्सिया चोक, उत्तरमा वीरगन्ज– १४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज– १६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार