तोलामा २ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4537+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ। आइतबार छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ४९७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९६० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार