मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते

Nagarik Sewa 4136+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं। धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । सोमबार धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो । 

घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहेका छन् ।

यसैगरी घाइते हुनेमा भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार