पत्रकार सम्मेलनमा गोली चल्दा ३ जनाको ज्यान गयो

Nagarik Sewa 4164+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं। क्यारेबियन देश हाइटीमा एक हतियारधारी व्यक्तिले गोली चलाउँदा ३ जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन् । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलन गोलीकाण्ड भएको हो ।

गोली चल्दा पत्रकारहरू स्वास्थ्य मन्त्रीलाई पर्खिरहेका थिए । खबरका अनुसार गोली लागेर दुई जना पत्रकार र एक जना प्रहरीको मृत्यु भएको छ । हमला भिभ अन्सानम समूहले गराएको थियो । यो गोलीबारीपछिका कयौँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार