प्रीति राई उत्कृष्ट खेलाडी २०८१ बाट सम्मानित

Nagarik Sewa 4281+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

काठमाडौं । प्रीति राई सवोत्कृष्ट फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छन् । सामाजिक संस्था योङस्टार फाउन्डेसन नेपाल खेकुदपत्रकार मञ्च (एनएसजेएफ) संगको सहकार्यमा भएको कार्यक्रममा प्रीतिलाई नगद एक लाखसहित सम्मानित गरिएको हो ।

काठमाडौंको भाटभोटेनीस्थित आम्रपाली व्याङ्क्वेटमा भएको कार्यक्रममा योङ्स्टार फाउन्डेनका अध्यक्षले मोहनचन्द्र सिङ्ले प्रीतिलाई सम्मान गर्नुभएको हो ।

सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेसंगै प्रीतिले यस किसिमको कार्यक्रममले खेलाडीहरुलाई सम्मान मिल्ने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष मोहनचन्द्र सिंहले प्रीतिजस्ता उदीयमान खेलाडीलाई सम्मान गर्न पाउनु खुसी लागेको बताउनुभयो । हालैसम्पन्न राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ टिमलाई च्याम्पिएन बनाउन महत्वपूर्ण योगदान गरेवापत खेलाडी प्रिती राईलाई सम्मान गरिएको हो ।

पूर्व फटबलर ललित विक्रम शाह, पूर्व एथलेटिक्सका प्रशिक्षक मधु शमशेर राणा, पत्रकार स्यामचित्रकार, एनएसजेएफका उपाध्यक्ष सञ्जिव सिल्पकारका साथै एन्फा महिला फुटबल संघी अध्यक्ष पेमा डोल्पा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै