काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधवार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।