मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |
मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |


नेपालमा फाइभ-जी भित्र्याउने तयारी तीव्र, स्पेक्ट्रम व्यवस्थापनको चरणमा सरकार र सेवाप्रदायक

Nagarik Sewa 4868+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

काठमाडौं। मोबाइल सञ्चार प्रविधिको पाँचौँ पुस्ता अर्थात् फाइभ-जी सेवा नेपालमा विस्तार गर्ने तयारी तीव्र बनेको छ । विश्वका धेरै मुलुकमा व्यावसायिक रूपमा सञ्चालनमा आइसकेको यो प्रविधि नेपालका लागि पनि आवश्यक रहेको सरकार, नियामक निकाय र दूरसञ्चार सेवा प्रदायकहरूले बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ-जी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी व्यवस्थापन गरी स्पेक्ट्रम लिलामी प्रक्रियाको तयारी गरिरहेको जनाएको छ । यता नेपाल टेलिकमले स्पेक्ट्रम उपलब्ध हुनेबित्तिकै प्रमुख शहरबाट सेवा सुरु गर्ने योजना बनाएको छ भने निजी क्षेत्रको सेवा प्रदायक एनसेलले पनि फाइभ-जीका लागि लामो समयदेखि स्पेक्ट्रम माग गर्दै आएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले फाइभ-जीका लागि आवश्यक फ्रिक्वेन्सी पहिचान भइसकेको जानकारी दिए ।उनले सेवा प्रदायकहरू प्राविधिक र व्यावसायिक रूपमा तयार भए स्पेक्ट्रम वितरण गर्न प्राधिकरण तयार रहेको बताए । “फाइभ-जीका लागि स्पेक्ट्रम निर्धारण गरेर अक्सन प्रक्रियामा जाने तयारी पूरा भएको छ,” उनले भने ।

नेपाल टेलिकमका अधिकारीहरूले पनि फाइभ-जी सेवा विस्तारको आन्तरिक तयारी भइरहेको बताएका छन् । टेलिकमका उपप्रबन्धक राजेन्द्र दुलाल र वरिष्ठ व्यापार अधिकृत प्रकाशचन्द्र सिग्देलले प्रारम्भिक चरणमा देशका प्रमुख शहरबाट सेवा सुरु गर्ने योजना रहेको जानकारी दिए ।

टेलिकमले केही वर्षअघि विभिन्न स्थानमा फाइभ-जी परीक्षण गरिसकेको जनाएको छ । परीक्षणका क्रममा फाइभ-जी सपोर्ट गर्ने मोबाइल उपकरणको संख्या कम रहे पनि अहिले बजार विस्तार भएको टेलिकमको भनाइ छ । उपप्रबन्धक दुलालका अनुसार परीक्षणको समयमा करिब ५ प्रतिशत रहेको फाइभ-जी मोबाइल ह्यान्डसेटको उपलब्धता अहिले २० प्रतिशतभन्दा माथि पुगेको छ । निजी क्षेत्रको सेवा प्रदायक एनसेलले पनि फाइभ-जी परीक्षणका लागि पटक–पटक अनुमति माग्दै आएको छ । कम्पनीले ७०० मेगाहर्ज र २६०० मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको छ । एनसेलले यसअघि नै फाइभ-जी परीक्षण तथा दूरसञ्चार पूर्वाधार विस्तारका लागि ठूलो लगानी गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

कम्पनीले आधुनिक सञ्चार पूर्वाधार विकास, उच्च गतिको मोबाइल इन्टरनेट, स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) लगायतका क्षेत्रमा फाइभ-जी प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका इन्जिनियर कृष्णकुमार झाले पनि नयाँ प्रविधि भित्र्याउन सरकार सकारात्मक रहेको बताए । उनका अनुसार फाइभ-जी केवल व्यक्तिगत इन्टरनेट प्रयोगका लागि मात्र नभई स्मार्ट सिटी, मसिन टु मसिन कम्युनिकेसन, डिजिटल सुशासन र अत्याधुनिक सेवाका लागि आवश्यक प्रविधि हो ।

उनले सामान्य डेटा प्रयोगका लागि फोर-जी पर्याप्त भए पनि स्मार्ट मिटर, सार्वजनिक यातायातको ट्र्याकिङ प्रणाली, उच्च गुणस्तरीय लाइभ स्ट्रिमिङलगायतका क्षेत्रमा फाइभ-जी उपयोगी हुने बताए । तर दूरसञ्चार विज्ञहरूले भने फोर-जी सेवाको गुणस्तर सुधार नगरी फाइभ-जी विस्तार गर्दा चुनौती आउन सक्ने चेतावनी दिएका छन् । दूरसञ्चार विज्ञ आनन्दराज खनालले नयाँ प्रविधि ल्याउनु अघि विद्यमान सेवाको गुणस्तर र नियामकीय संरचना सुधार आवश्यक रहेको बताए ।

उनका अनुसार दूरसञ्चार क्षेत्र निरन्तर परिवर्तन हुने क्षेत्र भएकाले उच्च गुणस्तर कायम राख्न प्रभावकारी नियमन र स्पष्ट नीति आवश्यक हुन्छ । फाइभ-जी विस्तारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले लगानीको प्रतिफल सुनिश्चित गर्ने विषयमा सेवा प्रदायकहरू पनि सतर्क देखिएका छन् । केही विज्ञहरूले नेपालले नयाँ प्रविधिको दौडमा जानुअघि फोर-जी सेवाको गुणस्तर, पहुँच र विश्वसनीयता अझै मजबुत बनाउनुपर्ने सुझाव दिएका छन् ।

दक्षिण एसियाका अधिकांश मुलुकमा फाइभ-जी सेवा सुरु भइसकेको भए पनि नेपाल, भुटान र अफगानिस्तानमा भने यसको व्यावसायिक विस्तार हुन बाँकी छ । उता ठूला दूरसञ्चार बजार भएका भारत, चीन र अमेरिकाजस्ता देशहरू भने भविष्यको सिक्स-जी प्रविधिको तयारीतर्फ अघि बढिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार