सर्लाहीमा गुडिरहेको कार पोखरीमा खसेर बेपत्ता: दुई जनाको मृत्यु

Nagarik Sewa 4338+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । सर्लाहीमा गुडिरहेको कार पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको मृत्यु भएको छ । उनीहरु दुवैजनाको शव पोखरीबाट निकालिएको छ । आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

डुबेर बेपत्ता भएका महोत्तरीको गौशाला नगरपालिका–१० का चालक सुरेश महतो र सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको मृत्यु भएको हो । उनीहरुको शवलाई सशस्त्र प्रहरीको उद्धार टोलीले पोखरीबाट निकालेको छ ।

उक्त टोलीले पोखरीमा डुबेको कार पनि निकाल्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार