अभ्यासका क्रममा बेपत्ता गोताखोर साउदको शव फेला

Nagarik Sewa 4238+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौं। कोशी व्यारेजमा अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्रका अर्का गोताखोरको पनि आइतबार बिहान शव फेला परेको छ। नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउदको शव ५५ नम्बरको ढोका नजिक फेला परेको हो ।

सप्तरीको हनुमाननगरस्थित कंकालिनी नगरपालिका १ कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीका क्रममा बिहीबार २ गोताखोर बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा मृत अवस्थामा फेला परेको थियो ।

उनी नं १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए । त्यहाँ बिहीबारदेखि सशस्त्रको प्रदेशस्तरीय विपद सेमुलेशन अभ्यास शुरु भएको थियो । त्यसक्रममा दिउँसो ३ः१० मिनेट जाँदा राजवंशी र साउद कोशी नदीमा बेपत्ता भएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै