भूकम्प पीडित भेनेजुएलाका नागरिकलाई नेयमारको साढे ३ करोड रुपैयाँ सहयोग

Nagarik Sewa 4571+ समाचार ( )
१५ असार २०८३, सोमबार

काठमाडौं । ब्राजिलका विश्वविख्यात खेलाडी नेयमार जुनियरले भेनेजुएलामा गत बुधबार आएको भूकम्पपीडितलाई साढे दुई लाख अमेरिकी डलर सहयोग गरेका छन् । स्पेनी भाषाको मिडिया एल सुमारियोलाई साभार गरेर भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार नेयमारले उद्धार र मानवीय सहायताको लागि उक्त रकम सहयोग गरेका हुन् ।

एल सुमारियोका अनुसार नेयमारले भनेका छन्, ‘मेरो हृदय भेनेजुएलाका जनताको पक्षमा छ ।’ भेनेजुएलाको भूकम्पमा परेर १ हजार ४ सय जनाको ज्यान गएको पुष्टि भएको छ भने चालिस हजार भन्दा धेरै हराइरहेका बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार