अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता

Nagarik Sewa 4904+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न हरिसिद्धि पुग्नुभएको छ।

अध्यक्ष दाहाल र महासचिव विप्लवबीच सोमबार बिहान १० बजेदेखि छलफल सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो। यही सन्दर्भमा केन्द्रित रहेर उहाँहरूबीच भेटवार्ता भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार