मेक्सिकोमा बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु

Nagarik Sewa 4210+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौं। शनिबार बिहान दक्षिण मेक्सिकोको टाबास्को राज्यमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । 

४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।

रोयटर्सको तस्बिरमा दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको स्थानीय अधिकारीहरूको भनाई छ ।

बस सञ्चालक टुरस् आकोस्टाले बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ । उसले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ ।एजेन्सी 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै