कांग्रेसको महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस

Nagarik Sewa 4889+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ। सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गर्नुभएको हो।

सभापति थापाले क्रियाशील सदस्यता वितरण र चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गर्नुभएको छ। जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले  सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै