प्रतिनिधि सभा बैठक १७ गतेसम्मलाई स्थगित

Nagarik Sewa 4431+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं। प्रतिनिधि सभा बैठक १७ (आइतबार) गते बिहान ११ बजेसम्मलाई स्थगित भएको छ। शुक्रबार संविधान र गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शनीमार्ग क्षेत्रमा सभा गरिरहेको छ।

राजावादीहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। प्रहरीसँग मुठभेड भएपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। काठमाडौंका ठाउँठाउँबाट जुलुस निस्किएकाले सांसदहरू बैठकमा उपस्थित हुन सकेका थिएनन्।

प्रतिनिधि सभाको आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची थियो।

त्यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै