मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य प्रक्रिया होः सञ्चारमन्त्री गुरुङ

Nagarik Sewa 4180+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सामान्य प्रक्रिया रहेको बताउनुभएको छ । 

स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उहाँले मन्त्रीमण्डल गठन, पुनर्गठन गर्ने कुरा ठुलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गरेको बताउनुभयो । 

एक वर्ष आफूहरूले कुनै दायाँबायाँ नभई र उतारचढाव नभई बिताएको पनि उहाँले बताउनुभयो। सरकारले एक वर्षको समयमा उपलब्धिमूलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको गुरुङले बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार