झन्डै ४ सय किलो गाँजा बरामद

Nagarik Sewa 4562+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। सप्तरी डाक्नेश्वरी नगरपालिका ५ महादेवा पौखैर नहरको झाडीबाट झन्डै ४ सय किलो गाँजा बरामद भएको छ। शुक्रबार ३ सय ९७ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त गाँजा बरामद भएको हो। महादेवा पोखैर नहरमा गाँजा रहेको विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको टोली र प्रहरीको टोलीले १७ वटा पोकामा भएको गाँजा फेला पारेको हो।

त्यस्तै बाराको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट पनि प्रहरीले करिब ३२ किलो गाँजा बरामद गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै