जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Nagarik Sewa 4238+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले जोय स्टोरमा उपलब्ध विभिन्न सेवा तथा वस्तुमा विशेष छुट पाउने भएका छन्।

सम्झौता अनुसार, बैंकका कर्मचारी तथा ग्राहकहरूले सामान खरिदमा ५% देखि २०% सम्मको छुट प्राप्त गर्नेछन्। साथै, जोय स्टोरमा उपलब्ध हुने सामग्रीहरू किस्ताबन्दीमा पनि खरिद गर्न सकिने सुविधा रहनेछ।

उक्त सम्झौतापत्रमा जोय स्टोरका कार्यकारी निर्देशक श्री गुरु दत्त शर्मा तथा प्रभु बैंक लिमिटेडका प्रमुख विपणन अधिकृत (Chief Marketing Officer) श्री रमेश कुमार श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका छन्।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको प्रभु बैंक नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरेर गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै, प्रभु बैंकले फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४ अवार्ड पनि हासिल गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार