श्रीमतीको हत्या आरोपमा तामाङ पक्राउ

Nagarik Sewa 4396+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं। श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोटको शिवपुरी गाउँपालिक–७ बस्ने जीतमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङमाथि ४९ वर्षीया श्रीमती सविनाको हत्या गरेको आरोप छ। उनले मंगलबार साँझ खुकुरी हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले श्रीमतीको हत्या गरेको आरोपमा तामाङलाई पक्राउ गरेको बताएका छन्। लामाका अनुसार खुकरी प्रहारबाट सविनाको घटनास्थलमै मृत्यु भएको थियो।

घरायसी विवादमा आवेशमा आएर श्रीमतीको हत्या गरेको तामाङले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक लामाले बताए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार