काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले राष्ट्रपति निवास शीतल निवासमा भेट गर्नुभएको छ। भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ