महिला हत्या आरोपमा १५ वर्षिय किशोर प्रकाउ

Nagarik Sewa 4229+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

काठमाडौं। भैरहवाको शुद्धोधन गाउँपालिका– १ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा प्रहरीले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन्। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार गत २ चैतको राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो। किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताइएको छ।

प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए। घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो। जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार