आज रास्वपाको बृहत्तर एकता घोषणा सभा

Nagarik Sewa 4196+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा गर्दैछ। रास्वपाले हिजो एक विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे राष्ट्रिय सभागृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो। 

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै