रास्वपा सभापति लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथी आज सुनवाइ हुँदै

Nagarik Sewa 2091+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

काठमाडौं। रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथी आज सुनवाइ हुँदैछ। सर्वोच्च अदालतका  न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी सुनवाइ हुन लागेको हो । 

गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार