काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। महासंघले आज लागि सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो ।
अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ ।