५.१७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4894+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

काठमाडौं। बुधबार नेप्से परिसूचक सामान्य अंक ५.१७ ले बढेर २९७८.८८ विन्दुमा पुगेको छ। नेप्से सामान्य अंकले बढ्दा कारोबार रकममा मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार २० अर्बमाथिको कारोबार भएकोमा आज १९ अर्बको सेयर कारोबार भएको छ।

आज ३१९ स्क्रिप्सको  ४ करोड ४८ लाख  ६६ हजार १५९ कित्ता सेयर १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर र सानभी इनर्जीको सेयर ९.९९ प्रतिशतले बढ्यो। यसैगरी ग्रीन भेन्चर्सको ९.४० प्रतिशतले बढ्दा लिबर्टी इनर्जीको ७.०८ र बेस्ट फाइनान्सको सेयर ५.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा  हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।  सो कम्पनीको ७८ करोड बढीको सेयर कारोबार भयो। शिवम् सिमेन्टले ७५ करोडको सेयर कारोबार गर्दा नेपाल इन्फ्रास्टक्चर बैंकको ६२ करोड र नेपाल रिइन्स्योरेन्सको ५५ करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.२३ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार