काठमाडौं। सिनामंगलबाट गैरीगाउँ जाने तर्फ गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको छ। काठमाडौं महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशी भन्छन् ‘के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल गइसकेको छ ।’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ ।