२२.५९ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4393+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं। बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा अडिएको छ।नेपाल राष्ट्र बैंककले नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि आज सेयर बजार सकारात्मक लयमा फर्किएको हो। बिहान कारोबार सुरू भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको थियो । कारोबार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजार दोहोरो अंकले बढेर बन्द भएको हो।

यसअघि बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेको थियो। सो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो। यसदिन ३१३ स्क्रिप्सको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५ अर्ब २७ करोड ३२ लाख  २१ हजार  ४७९ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम बुधबारको तुलनामा कम हो।

बिहीबार २०० स्टक्सको मूल्य बढ्दा ४१ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने आज स्थिर रह्यो।नेप्से दोहोरो अंकले वृद्धि भएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।विन्ध्याबासिनी  हाइड्रोपावरको सेयर सर्वाधिक ८.२१ प्रतिशतले बढ्यो।

थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.०९ प्रतिशतले घट्यो।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। 

 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै