नेपाली कांग्रेस दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको छः कृष्णप्रसाद सिटौला

Nagarik Sewa 4426+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको बताउनुभएको छ। सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताउनुभएको हो।

‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उहाँले भन्नुभयो। त्यस्तै उहाँले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गर्नुभयो। ‘विशेष महाधिवेशन हुँदैन ।  हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उहाँले भन्नुभयो, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’

विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि सिटौलाले आग्रह गर्नुभयो। ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार