काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रतिकूल मौसमका कारण विद्युत् सेवा अवरुद्ध हुन सक्ने जनाएको छ । शनिबार एक विज्ञप्तिमार्फत प्राधिकरणले विद्युत् संरचनामा क्षति पुगेर सेवा प्रभावित हुन सक्ने सम्भावना रहेको जनाएको हो ।
प्राधिकरणले मर्मतसम्भारका लागि आफ्ना कर्मचारीहरूलाई तयारी अवस्थामा राखिएको बताएको छ ।प्राधिकरणका अनुसार, विद्युत् अवरुद्ध भएमा वा संरचनामा क्षति पुगेमा उपभोक्ताहरूले नजिकको वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि हेल्पलाइन नम्बर ११५० वा स्थानीय 'नो–लाइट' नम्बर मा सम्पर्क गर्न सकिनेछ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मौसम प्रतिकूल हुने देखिएकाले असोज १८ देखि २० गतेसम्मका दिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।