शिक्षक महासंघद्वारा साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने चेतावनी

Nagarik Sewa 4180+ समाचार ( )
३० आश्विन २०८२, सोमबार

काठमाडौं। नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ।

महासंघले अहिले विद्यालय, विद्यार्थी, शिक्षक(कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशः कमजोर हुँदै गएको उल्लेख गरेको जनाएको छ। महासंघले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक(कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप  लगाएको छ।

‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको फेरि एकपटक गम्भीर ध्यानाकर्षण गराउँछौं।’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरी जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा हामी संवाद र छलफल छोडेर आन्दोलन तर्फ होमिने कुरा उद्घोष गर्दछौं। राज्यपक्षप्रतिको आकोश, निराशा र अविश्वासको जगमा उठ्ने यो आन्दोलनले ल्याउन सक्ने गम्भीर अवस्थाप्रति सचेत रहन सम्बन्धित पक्षसँग आग्रह गर्दै त्यसबाट उत्पन्न हुने असहज परिस्थिति र परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने कुरा समेत प्रष्ट पार्न चाहन्छौं।’

सरकार र शिक्षक महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति गर्दै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो। तर, समय सीमा सकिएको १५ दिन बितिसक्दा पनि विधेयक समितिमै अड्किएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिका सदस्य एक मत हुँदा पनि नेपाली कांग्रेस र सरकारका कारण विधेयक समितिबाट पारित हुन नसकेको आरोप लगाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार