स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित दुई जना पक्राउ

Nagarik Sewa 4164+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई ६९ लाख ८५ हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

“स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ,” उनले भने ।

पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार