मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा

Nagarik Sewa 2364+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

काठमाडौं । शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ। 

तर, देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु विगत १९ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा छन्। जसका कारण तोकिएको समयमा परीक्षा हुने नहुने निश्चित छैन। यसबाट विद्यार्थी र अभिभावकहरु चिन्तित भएका छन्।  राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्।  शिक्षा मन्त्रालयले पनि यस विषयमा ठोस जबाफ दिएको छैन। शिक्षा मन्त्रीका स्वकीय सचिव अशेष पोखरेलले कक्षा १२ को परीक्षाको विषयमा आज साँझसम्म ठोस निष्कर्ष आउँने बताए। ‘परीक्षा रोकिँदैन। दुईतीन दिन सर्न सक्छ,’ उनले भने, ‘कक्षा १२ को परीक्षाको विषयमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सल्लाह हुँदैछ। आज साँझसम्म केही निष्कर्ष आउला।’

निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधार नभइ आन्दोनल नरोक्ने जनाएको छ। तर, राष्ट्रिय परीक्षा बोर्डले भने गएको शुक्रबार विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको थियो। त्यसयता बोर्ड पनि बोलेको छैन। बोर्डका अध्यक्ष महाश्रम शर्मालाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन। 

यसबीचमा प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधि र महासंघका पदाधिकारीबीच पटकपटक वार्ता भए पनि विना निष्कर्ष सकिएका छन्। यसले पनि परीक्षाप्रतिको अन्योल बढाएको छ।  कतिपयले अब शिक्षकले आन्दोलन रोके पनि तोकिएको सयममा कक्षा १२ को परीक्षा सञ्चालनको लागि तयारी नपुग्ने बताउन थालेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार