मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता स्वत निष्क्रिय भयोः महासचिव पोखरेल

Nagarik Sewa 4382+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

काठमाडौं। च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको जानकारी दिनुभएको छ। महासचिव पोखरेलले पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेसँगै भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताउनुभएको हो ।

मंगलबार मध्यराति एमालेको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने भन्दै सबैको सम्मानित भएर बस्नुपर्ने निष्कर्ष निकालेको थियो । राष्ट्रपतिलाई सभामुखसँग जोडेर हेर्न नहुने भन्दै महासचिव पोखरेलले सभामुख राजनीतिक जिम्मेवारी भएकाले पूर्वराष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने जिकीर गर्नुभयो

पोखरेलले सत्तारुढ दल नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि कसैलाई पनि नरोकेको दाबी गर्नुभएको छ। उहाँले दुई वर्षे कार्यकाल र ७० वर्षे उमेरहदको विषय हटाउनुले अध्यक्षको दाबेदार ओली नै हो भन्ने कुरा राजनीतिक भएको जिकिर गर्नुभयो। ७० वर्ष पुगेको व्यक्तिले पनि स्वभाविक रुपमा नेतृत्वको श्रेष्ठता हासिल गर्न सक्छ भने उसलाई किन अघि नबढाउने भन्ने आधारमा यो निर्णय भएको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार