जेनजी विद्रोहको दोस्रो दिन इतिहासकै एउटा डरलाग्दो दिनः सभापति देउवा

Nagarik Sewa 4210+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रदर्शनमा घुसपैठ भएको र प्रदर्शनले अर्को रूप लिएको बताएका छन् ।

जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले गरेको लिखित सम्बोधन भनेका छन्, ‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो र यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।’

देउवाले भने, ‘भाद्र २४ गते विहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालय जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू र राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर डेरा, संचार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो ।’

यी सबै पृष्ठभूमि उल्लेख गर्दै उनले भने, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवत यो नेपालको ईतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपिबद्द हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार