कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक

Nagarik Sewa 4210+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका र आवेदन प्रक्रिया सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्नेछ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै