ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानूनी व्यवस्था गर्न गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

Nagarik Sewa 4431+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताउनुभयो । उहाँले नेपालको कानूनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताउनुभयो ।

अध्यक्ष ढकालले बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताउनुभयो । विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पत्तिको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार